लुम्बिनी एक्स्पोमा ४० करोडको कारोवार

लुम्बिनी एक्स्पोमा ४० करोडको कारोवार


बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०७५, अन्तराष्ट्रिय व्यापार मेला बुधबार सम्पन्न भएको छ । मेलामा रु ४० करोडको कारोवार भएको छ ।

मेलाको समापन अवसरमा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेशमा निर्यातमुखी अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले सघाउनुपर्नेमा जोड दिदैं यस क्षेत्रको आर्थिक, व्यावसायिक, कृषि, पर्यटन क्षेत्र विकासका लागि नयाँ बाटो पहिल्याउन जरुरी भएको बताए ।

प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार सङ्घका अध्यक्ष पदमप्रसाद श्रेष्ठले आर्थिक विकासका लागि प्रतिस्पर्धी वातावरण सिर्जना गर्नु मेलाको लक्ष्य रहेको जानकारी दिए ।