धितोपत्र बजारमा आज पनि सेयरको मूल्य ओरालो लागेको छ ।
साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिनसमेत कारोबार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४८ बिन्दुले घटेर २५० दशमलव शून्य ६ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कुल १५८ कम्पनीको सात लाख ९७ हजार ६१३ कित्ता शेयर रु २७ करोड ६९ लाख ५६ लाख ३०१ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका कुल नौ उपसमूहमध्ये ६ उपसमूहको सेयर बढे भने तीन उपसमूहको सेयर भने घटेका छन् ।
बैंकिङ ४ दशमलव ३६, विकास बैंक ६ दशमलव १८ र जलविद्युत् ६ दशमलव ३७ बिन्दुले घटेका छन् । होटेल १८ दशमलव २५, वित्त शून्य दशमलव ३८, निर्जीवन बिमा १५ दशमलव शून्य दुई, अन्य शून्य दशमलव तीन, लघुवित्त एक दशमलव २२ र जीवन बिमा ६८ दशमलव शून्य पाँच बिन्दुले बढेका छन् ।
घटेको बजारमा युनाइटेड मोदी हाइड्रो पावर, सिन्धु विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनीका सेयरधनीले कमाएका छन् । कालिका लघुवित्त वित्तीय संस्था, हाथवे फाइनान्स कम्पनी, साइन रेसुंगा डेभलपमेन्ट बैंक, नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन् ।
प्रतिक्रिया