सरकारको आभाष जनताले गर्न पाउनुपर्छ : उपसभामुख

सरकारको आभाष जनताले गर्न पाउनुपर्छ : उपसभामुख


प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले देशका तीन वटै सरकारको आभाष जनताले गर्न पाउनुपर्ने बताएकी छन् ।

नेपाल नेत्रहीन सङ्घ मोरङले १७औँ साधारणसभाको बेलबारी नगरपालिकामा उद्घाटन गर्दै उपसभामुख तुम्बाहाम्फेले तीनवटै सरकारबीच सहकार्य भएर विकासको गतिमा अघि बढ्नुपर्ने धारणा राखिन् ।

नेपालको संविधानले सबै जाति, धर्म, लिङ्ग समुदायलाई समेटेको भन्दै उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘अब तीव्र विकासको गतिमा अघि बढ्न आवश्यक छ ।’ सो अवसरमा उनले मोरङका ३८ न्यूनदृष्टियुक्त व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेकी थिइन् ।