चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणमा परेर आमा-छोराको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो ।
हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागीसमेत भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।
प्रतिक्रिया