नेपाल राष्ट्र बैङ्कले साढे ११ अर्ब रुपैयाँबराबरको नयाँ नोट छाप्ने तयारी गरेको छ । केन्द्रीय बैङ्कले ५० रुपैयाँ दरका २३ करोड प्रति नोटको डिजाइन, छपाइ र आपूर्तिको समेत काम गर्नका लागि ग्लोबल टेण्डर आह्वान गरेको हो ।
राष्ट्र बैङ्कले नोट डिजाइन, छपाइ र आपूर्तिका लागि फागुन ६ गते बोलपत्र पेश गर्ने अन्तिम मिति समेत तोकिसकेको छ । यसअघि पनि केन्द्रीय बैङ्कले १०० रुपैयाँ दरका ४० अर्ब रुपैयाँबराबरको ४० करोड थान नोट छाप्ने काम अघि बढाइसकेको छ ।
मुलुकमा सेक्युरेटी प्रेस नहुँदा राष्ट्र बैङ्कले विदेशबाट नोट छापेर ल्याउने गरेको छ । नोट छपाइमा मात्रै अर्बाैं रुपैयाँ बिदेसिने गरेको छ । केन्द्रीय बैङ्कले अधिकांश नोट सिङ्गापुर र इन्डोनेसियामा छाप्ने गरेको छ ।
डलर विदेशमा जान रोक्नका लागि सरकारले नोटसमेत छाप्ने गरी सुरक्षण छपाइ प्लान्ट (सेक्युरिटी प्रेस) राख्ने काम अघि बढाएको छ । सेक्युरिटी प्रिन्टिङ केन्द्रले प्रेस राख्नका लागि इलेक्ट्रिक पावर एन्ड इलेक्ट्रोमेकानिकल इन्फास्ट्रक्चर जडानको तयारीमा जुटेको छ ।
प्रतिक्रिया