वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले करछली गरेको तथ्य सार्वजनिक भएको छ । राजश्व अनुसन्धान विभागले पहिलो चरणमै गरेको अनुसन्धानमा तामाङले ६ करोड राजश्व छलेको भेटाएको हो ।
शुक्रबार नै विभागले स्काई ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक बलबहादुर तामाङविरुद्ध बिगो र जरिवाना गरी १९ करोड ५७ लाख माग दावी गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । सरकारले म्यानपावर व्यवसायीहरुमाथि कर छलीबारे अनुसन्धान तीव्र पारेको छ ।
उनको म्यानपावरले ६ करोड ४२ लाख रुपैयाँ कर छली गरेको भेटिएको विभागले जनाएको छ । स्काई ओभरसिजविरुद्ध १३ करोड ४ लाखको जरिवाना असुल गर्न रिटमा माग गरिएको छ ।
प्रतिक्रिया