-नम्रताका कडा कुरा
आफ्नै कारण नम्बर वान नायिका बन्नबाट चुकेकी अभिनेतृ नम्रता श्रेष्ठले नामसँगै बदनामी कमाउन थालेकी छिन् । नम्रताको क्रेज, बजार र चर्चालाई मध्यनजर गर्दै उनलाई आफ्नो सिनेमामा लिनेहरू यतिबेला चुकचुकाउन थालेका छन् । सुरुमा नामजस्तै नम्र भएर फिल्मभित्र छिर्ने नम्रता पछि छायाङ्कन सकेलगत्तैदेखि कडा हुन थालेपछि उनीसँग आगामी दिनमा सिनेमामा काम गर्न नसकिने निश्चय गर्दै उनको काम जतिसक्दो चाँडो सकाउनतिर चलचित्रका निर्देशक लाग्न थालेका देखिन्छन् ।
प्रसङ्ग चलचित्र ‘होमवर्क’को हो । गिनेचुनेको फिल्मी ब्यानरको रूपमा लिइन्छ गोपीकृष्ण ब्यानरलाई । तर, यही ब्यानरलाई घुमाउन सक्ने गजबको प्रतिभा र क्षमता लिएर आएकी छिन् नम्रता । सुरुमा यो ब्यानरमा खुट्टा हाल्न पाइयो भने पनि पवित्र हुने इच्छा नम्रताको थियो । चलचित्रको शुभसाइतमा पनि उनले गजबकै भाषण ठोकिन् गोपीकृष्णको बारेमा । नम्रताको भाषणसँगै अब उनबाट ठूलै साथ र सहयोग पाउने विश्वास पनि गोपीकृष्ण समूहमा प-यो । तर, अन्ततः तिनै नम्रताका कारण यतिबेला चलचित्र ‘होमवर्क’को युनिट पूरै तनावको अवस्थामा रहने गरेको छ । नम्रताकै कारण कति दिन त यो चलचित्रको छायाङ्कन रोकिन पुगेको छ । करिब सयको हाराहारीमा रहेको यो चलचित्रको युनिटको नम्रताकै कारण छायाङ्कन गर्न नपाएपछि हालत के भयो होला ?
नम्रताले गर्नुपर्ने दृश्य, लगाउनुपर्ने ड्रेस अनि उपस्थित हुनुपर्ने लोकेसन सबैबारे जानकारी गराउँदै यतिबेला यो लोकेसनमा आउनुप-यो भनेर जानकारी गराउँदा उनी ओके पनि हुन्छिन् । त्यही लोकेसनमा युनिट सबै पुग्छन्, तर विडम्बना युनिट आजित भएर घर फर्कने बेला भइसक्दा पनि नम्रताको त्यो स्पटमा नाक, मुख देखिँदैन । नम्रताबाट यस्तो गैरजिम्मेवारी क्रियाकलाप हुन थालेपछि उनी देखेर फिल्म युनिट निकै क्षुब्ध भएको छ । क्षुब्ध भएर पनि के गर्नु ? आधाभन्दा बढी सुटिङ सकिएकाले त्यो ठाउँमा नम्रतालाई निकालेर अर्कोलाई राख्न सकिने अवस्था पनि छैन । ‘सायद यही कुरा बुझेर पनि होला नम्रताले हामीलाई घुमाएको ?’ चलचित्र होमवर्क युनिटका एक सदस्यले बताए ।
नम्रताको सुटिङमा नै नआइदिने गैरजिम्मेवारी व्यवहारले सबैभन्दा बढी त अभिनेता आर्यन सिग्देल पो पेलानमा परेका रहेछन् । भर्खरै मात्र खुट्टाको अपे्रसन सकाएका आर्यन सकि–नसकी स्पटमा पुग्छन्, तर अभिनेत्री नआइदिने अनि आए पनि आफ्नै सुरमा ढिला आइदिने । कति दिन त आर्यन बिहानदेखि मेकअप गरेर बस्थे र साँझ नायिकाका कारण सुटिङ नभएपछि मेकअप पुछेर घर फर्कन्थे । चलेका, व्यस्त अनि क्रेज रामै्र बनाएका आर्यन नम्रताकै कारण पेलिन बाध्य भए तापनि उनले फिल्म युनिटलाई अहिलेसम्म खासै प्रतिक्रिया जनाएका छैनन् । हिरो बिहानदेखि मेकअप गरेर बस्ने तर हिरोइन नआइदिनेजस्तो गैरजिम्मेवार क्रियाकलाप बढेपछि अहिले होमवर्कको युनिट के गर्ने भनेर चिन्तित बन्न पुगेको छ । तर, विडम्बना के गर्ने ? उनले अभिनय गरेका दृश्यमै कन्टिन्युटी दिनु अपरिहार्य भएपछिप जसरी पनि काम त सकाउनुप-यो । त्यही भएर पनि आफ्नो युनिटको कुरा सकभर बाहिर नजाओस् फेरि नम्रता झनै भड्केलिन् भन्ने डर हुँदाहुँदै पनि सम्बन्धित युनटबाट यत्ति कुरा त चुहिएरै छाड्यो ।
निराश हुँदै नीरज पलायन !
एउटा हिरोमा हुनुपर्ने सयौँ गुण, क्षमता अनि प्रतिभा हुँदाहुँदै पनि नीरज पाल माथि आउन सकेनन् । अरूको फिल्मबाट उँभो नलागेर हो कि भन्ने ठानेर आफ्नो क्षमता देखाउन उनले आफ्नै लगानीमा फिल्म बनाए ‘स्टुपिट मन’ । यो फिल्मलाई उनले थाइल्यान्डसम्म गएर सुटिङ पनि गरे । थानकोट पनि नकाटेका कतिलाई थाइल्यान्ड घुमाइदिए । तर, दुर्भाग्य जति गरे पनि केही नभएपछि ह्याडसम नायक नीरज अन्ततः विदेश नै पलायन हुनुपर्ने अवस्था आयो ।
अर्काको लगानीमा आफूले केवल अभिनय ग-यो अनि पारिश्रमिक लियो । फिल्म चलोस् या नचलोस् मतलब हुँदैनथ्यो । तर, विडम्बना आफ्नै लगानीमा बनेको फिल्म पनि नचलेपछि उनलाई विदेश पलायन गराउने कारण नै त्यही फिल्म ‘स्टुपिड मन’ बन्न पुग्यो । नेपालमा त्यो फिल्म नचलेपछि निराश हुन पुगेका नीरजले सो फिल्मको प्रिमियर शो अमेरिकामा गर्ने चाँजापाँजो मिलाए । उताबाट शोको सबै कागजपत्र आएपछि फिल्मको शोसँगै नीरज आफ्नी धर्मपत्नीलाई पनि लिएर अमेरिका जाने सोचका साथ अमेरिकी दूतावासमा पुगेपछि दूतावसले नीरज र उनकी धर्मपत्नीलाई पाँच वर्षको भिसा दियो । यता फिल्म नचलेको पीडालाई अमेरिकी भिसाले बिर्साइदियो ।
श्रीमान्–श्रीमती फिल्म देखाएर पनि अमेरिकाबाट फर्किए केही समयपछि । पाँच वर्षको भिसा भएकै कारण पाँच वर्षभित्र जतिपटक पनि अमेरिका जान मिल्ने भएपछि नीरज अब भने आफ्नी श्रीमतीका साथ सदाका लागि अमेरिका पलायन भएको चर्चाले चलचित्र बजार गरम भएको छ । पहिले अमेरिका छिरेर फर्किएका उनी कागजपत्र बनाउन फर्किएको कुरा आएको छ बजारमा । बजारमा त अहिले गाडी जग्गालगायत सबै जायजेथा बेचबिखन गरेर नीरज अमेरिका पुगेको कुरा गोप्य रूपमा आएपछि उक्त चलचित्रका अर्का निर्माता विवेक शाही छटपटाहटमा परेका छन् । प्रायः गुपचुप रहने र चर्चामा पनि त्यति नआउने नीरज आफ्नै शैली अपनाएर विदेश भासिन पुगेका छन् । जय होस् उनको ।
गैरआवासीय नेपालीको यस्तो छ चाहना
नेपालको लोकतान्त्रिक विकास, दीर्घकालीन शान्ति र मुलुकको चौतर्फी समृद्धिका लागि अत्यन्त जरुरी रहेको नेपालको संविधानलेखन प्रक्रिया यही माघ ८ गतेभित्र कुनै पनि रूपमा जारी गर्नुपर्ने कुरालाई हामी विदेशमा बस्ने नेपाली जोडदार रूपमा नेपालका जिम्मेवार नेतागण तथा सभासद्समक्ष अनुरोध गर्न चाहन्छौँ । नेपालमा तोकिएको समय सीमाभित्र संविधान जारी गरी देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाइदिनुहुन पनि हामी विनम्रतापूर्वक यहाँहरूलाई अनुरोघ गर्दछौँ । नेपाली जनताको दशकौँको देखिको सङ्घर्È अनि बलिदानबाट आर्जित संविधानसभालाई पङ्गु बनाई निष्प्राणको स्थितिमा ल्याएर तोकिएको समय सीमाभित्र संविधान जारी नगर्ने कुत्सित मनसायबाट प्रेरित जुन प्रपञ्च रचिँदै छ त्यसको हामी सम्पूर्ण विदेशमा रहने नेपाली घोर विरोध प्रकट गर्न चाहन्छौँ । तसर्थ, हाल नेपालमा विद्यमान रहेको विÈम सङ्क्रमणकालीन परिस्थितिबाट मुक्त गरी देशलाई पार लगाउने एक मात्र माध्यम नेपालको संविधान जारी नगरी नेपाललाई सदासर्वदा अन्धकारमै राख्ने प्रयास गरियो भने त्यो नेपाल तथा नेपालीका लागि कालो धब्बाको रूपमा इतिहासमा रहने निश्चितप्रायः छ । देश–विदेशमा अत्यन्त कष्टपूर्ण रूपमा जीवन जिउन बाध्य नेपाली जनताको रगत–पसिनाबाट तिरिएको करबाट आप्mना परिवारका साथ ऐसआरामको जिन्दगी बिताइरहनुभएका तपाईं सम्पूर्ण नेता तथा सभासद्गण अझै पनि जनताले सुम्पिदिएको जिम्मेवारीलाई पूरा नगरी सुती नै रहने हो भने यो नेपाली जनतामाथिको हालसम्मकै सबैभन्दा ठूलो विश्वासघात ठहरिनेछ, जसलाई कालान्तरसम्म सार्वभौम नेपाली जनताले कदापि माफ गर्ने छैनन् ।
यो सङ्कटको घडीमा आफू र आफ्नो पार्टीको निहित स्वार्थभन्दा माथि उठेर यो देश हाम्रो हो, अनि देश र जनताको स्वार्थ नै सदैव सबैभन्दा अगाडि हुन्छ भन्ने भावनालाई आत्मसात् गरी यो सङ्कटको घडीमा सबै एक भई नेपाललाई निकास दिनुहुन पनि समस्त नेतागण तथा सभासद्हरूलाई आग्रह गर्दछु । अतः यो गहन वास्तविकतालाई मध्यनजर गरेर यहाँहरूले माघ ८, २०७१ भित्र संविधान जारी गरी नेपाली जनतालाई सुम्पिनुपर्ने व्यहोरा स्मरण गराउन चाहन्छौँ । यही ढुलमुले र आलटाल प्रवृत्तिलाई नै निरन्तरता दिई आफूलाई सुम्पिएको मुख्य कार्य संविधान जारी नगरी भत्ता र सत्ताको वरिपरि मात्र रुमल्लिरहने हो भने यहाँहरूलाई नेपाली जनताले कदापि माफ गर्ने छैनन् र हामी विभिन्न कारणले बिदेसिन पुगेका नेपालीले पनि यहाँहरूलाई आफ्नो नेताको रूपमा स्वीकार गर्ने वतावरण नरहने जानकारी पनि दुःखका साथ व्यक्त गर्न चाहन्छु ।
– कृष्ण पोखरेल, हाल : अमेरिका
प्रतिक्रिया