राष्ट्र बैंकबाट चार अर्ब २५ करोडको ट्रेजरी बिल जारी हुँदै

राष्ट्र बैंकबाट चार अर्ब २५ करोडको ट्रेजरी बिल जारी हुँदै


नेपाल राष्ट्र बैंकले चार अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्ने भएको छ ।

बैंकले आज (आइतबार) एक सूचनामार्फत २८ दिने अवधिका लागि सोमबार तीन अर्ब २५ करोड र ९१ दिने अवधिको एक अर्ब बराबरको ट्रेजरी बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि ६ अर्ब १२ करोडको ९१ दिने र ३६४ दिने आठ अर्ब २९ करोड बराबरको ट्रेजरी बिक्री गरेको थियो ।