१९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान

१९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान


१९ वस्तुले नेपाल गुणस्तर चिन्ह पाएका छन् । सरकारले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई गुणस्तर चिन्ह प्रदान गरेको हो ।

गुणस्तर मापदण्ड पुरा गरि नेपालमा उत्पादन भएका विभिन्न खाने तेल, घिउ, प्रेसर कुकर, सिमेन्ट, पाइप एण्ड फिटिङ लगायतका वस्तुलाई नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर चिन्ह दिएको हो ।

विभागका अनुासर हालसम्म २ सय ५० उद्योगबाट उत्पादीत ६० प्रकारका ३ सय ६९ सामाग्रीलाई गुणस्तर चिन्ह प्रदान गरेको छ ।