आईएमई लाइफ बेनी र कुश्मामा

आईएमई लाइफ बेनी र कुश्मामा


आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यापार व्यवसाय विस्तार तथा प्रबद्र्धन गर्ने क्रममा पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ । सो शाखाहरुको समुदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले गरेका हुन् ।

सो अवसरमा बोल्दै डा. अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरूको जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु कम्पनी मुख्य उद्देश्य रहेको र सोही अनुरुपको कार्य गर्नका लागि कम्पनी सदैव तयार रहेको जानकारी गराए ।

बताइएअनुसार कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजना बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको हो । सो अवसरमा कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्य, प्रदेशिक प्रमुख तथा सन्बन्धीत शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।