उदयपुर सिमेन्ट उद्योग सुधारेका पौडेल आयल निगमको कार्यकारी निर्देशकमा

उदयपुर सिमेन्ट उद्योग सुधारेका पौडेल आयल निगमको कार्यकारी निर्देशकमा


नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक थिए । उनले सोमबार नै महाप्रवन्धक पदबाट राजीनामा दिएका थिए । उद्योग,वाणिज्य मन्त्रालयले शुक्रबार पौडेल,अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो । निगमको कार्यकारी निर्देशक छनौंट तथा सिफारिश समितिले पाँच जनामध्येबाट तीन जनाको नाम छनौंट गरेर उद्योगमन्त्री मातृका यादबलाई पेश गरेको थियो । पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनी उदयपुर सिमेन्टमा महाप्रवन्धक भएर गएपछि उदयोगलाई नाफामा पु¥याएका थिए । उदयपुर सिमेन्टमा मारेको छलाङकै कारण उनी निगममा छनौंट भएका हुन् ।

तर, मुलुकको राजनीतिसँग प्रत्यक्ष सम्वन्ध जोडिने पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त आयल निगमको कमान हाँक्न पौडेलका लागि सहज भने छैन ।