शेयर बजारमा घट्यो लगानीकर्ताको चहलपहल

शेयर बजारमा घट्यो लगानीकर्ताको चहलपहल


शेयर बजारमा बुधबार परिसूचक नेप्से सामान्य बढेको छ । दोस्रो त्रैमासको ब्याज भुक्तानीको असर अझै देखिएका कारण बजारमा लगानीकर्ताको चहलपहल पनि घटेको छ । जसका कारण कारोबारमा खासै उतारचढाव देखिएन ।

बुधबार शेयर बाजरमा सामान्य उतारचढाव बीच परिसूचक नेप्से बढेर बन्द भएको छ । पुष मसान्त र लगानीकर्ताको बैंक कर्जा भुक्तानीका लागि पैसाको जोहो गर्ने समय सकिनै लाग्दा कारोबारमा सुस्तता आएको हो । नेप्से २ दशमलव २ ९ अंकले बढेर १ हजार १ सय ७९ दशमलव ३६ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि सामान्य अंकले बढेको छ । १ सय ६६ कम्पनीको ३४ कारोड ७८ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार छिमेक लघुवित्तको संस्थापक शेयरको कारोबार सबैभन्दा बढि ५ करोड ८६ लाख रुपैयाँ बराबरको भएको छ । नेपाल बैंकको पनि ४ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । भार्गव विकास बैंकका शेयरधनीले झण्डै ६ प्रतिशतले कमाएका छन भने हाथवे फाइनान्सका शेयरधनीले ३ प्रतिशत बढिले गुमाएका छन् ।