‘वाइड बडी खरीद प्रक्रियाका सबै निर्णय ओलीज्यूकै पालामा भएको हो’

‘वाइड बडी खरीद प्रक्रियाका सबै निर्णय ओलीज्यूकै पालामा भएको हो’


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो कुनै सअभागिता नभएको प्रष्ट पारेका छन् ।

धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्नु बेकारको कुरा भएको बताएका हुन् । ‘विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको हो ।’ उनले भने, ‘निणय गने एउटा अनि म कसरी अनियमितता गर्ने पात्र भएँ ?’ उनले विमान खरिद प्रकरणका दोषीलाई छाड्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

एक अर्को प्रसंगमा सभापति देउवाले नेपाली काङ्ग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको दावी गर्दै नेविसङ्घको विवाद चाँडै समाधान हुने विश्वास ब्यक्त गरे ।