सुरज र सहानालाई के भयो ?

सुरज र सहानालाई के भयो ?


funtimeकरिअर नै दाउमा पुग्नेगरी बदनाम हुँदासम्म पनि सुरज गिरी र सहाना बज्राचार्यको चेत खुलेन । दुनियाँले छिछि–दूरदूर गर्दासम्म पनि कसैका पर्वाह नगरी आफ्नै तालले अगाडि बढेको यो जोडी फेरि आफ्नै कारणले सार्वजनिक वदनामीको काण्डमा मुछिएको छ ।
कान्तिपुर टेलिभिजनमा एकसाथ काम गरेपछि यो जोडी नजिकिएको थियो । सुरज गिरी पहिले ‘कान्तिपुर आज’ नामक कार्यक्रम चलाउँथे भने सहाना मनोरञ्जनात्मक कार्यक्रम ‘फ्रेम वाई पे्रmम’ चलाउँथिन् । सुरजको क्षमता र प्रतिभालाई देखेर नै कान्तिपुरले उनलाई पछि कान्तिपुर आजबाट प्रमोशन दिँदै ‘कल कान्तिपुर’जस्तो बहुचर्चित कार्यक्रमको जिम्मा दिएको थियो । अन्ततः ‘कल कान्तिपुर’ नै सुरजलाई चर्चामा ल्याउने कार्यक्रम सावित भएको थियो । यही कार्यक्रमका कारण काठमाडौंबाहिर हुने विभिन्न सांस्कृतिक कार्यक्रमतिर कार्यक्रम सञ्चालकको रूपमा माग बढ्न थालेपछि उनले साथमा महिला कार्यक्रम सञ्चालिकाको रूपमा सहानाको सिफारिस गर्न थालेका थिए । विभिन्न सांस्कृतिक कार्यक्रमतिर एकसाथ जान थालेपछि उनीहरूको प्रोफेसनल सम्बन्ध व्यक्तिगत र अत्यन्त निकट बन्न पुगेको थियो । यसैबीच चितवनमा आयोजना भएको एक कार्यक्रममा कार्यक्रम प्रस्तोताको रूपमा यी दुई पुगेका थिए । कार्यक्रम सकिएपछि मायामा डुबेका सुरज र सहानाले गाडीभित्रै साँझ पनि नपरेको अवस्था यौनजन्य उपद्रव गर्दा अध्यधिक चर्चामा आए । यही गाडीकै काण्डले व्यापकता पाएपछि कान्तिपुर टेलिभिजनबाट यी दुई निकालिएका थिए ।
गाडी काण्डपश्चात् मिडियाबाट प्रायसः ओझेलमा बसेका यी जोडी राम्रोसँग गाडीकाण्ड सेलाउन नपाउँदै फेरि अर्को धम्की काण्डका कारण बजारमा बदनाम मात्र भएनन् कि प्रहरी खोरमा नै जान बाध्य भए । कान्तिपुर टेलिभिजनजस्तो मिडियाबाट हात धुनुपर्दाको चोट, पिर र अनि पीडा सेलाउन नपाउँदै विज्ञापन एजेन्सीको मालिकलाई बार्गेनिङ गर्दै मार्ने धम्कीसम्म दिन पछाडि नपरेको यो जोडीले अति नै गरेपछि ती मालिक प्रहरीसमक्ष पुगेका थिए ।
प्रहरीले प्रमाणसहित सुरज र सहानालाई पक्राउ गरेको थियो । अब गाँठी कुरा के छ भने यो जोडीले कान्तिपुर टेलिभिजनबाट हात धुन बाध्य भएपछि विज्ञापनतिर काम गरिरहेको थियो, तर अब विज्ञापन एजेन्सीको मालिकलाई नै मार्नेसम्मको धम्की दिन थालेपछि अब यो जोडीलाई अन्य विज्ञापन कम्पनीहरूले पनि काम नदिने भएका छन् । बूढापाकाहरू त्यसै भनेका होइनन् रहेछन् ‘कि त मानिसले थुतुनोले दुःख पाउँछ कि त… ले’ । यी दुईले पनि यसैले दुःख पाएका छन् ।

चरिमायालाई फसाउन को–को अघिसरे ?
साहित्यिक हस्तीमाथि चलचित्र बनाउँदै कृतिकै बेइज्जत र अपमान गर्ने चलचित्रकर्मीहरूको सङ्ख्या बाक्लै छ यहाँ । यस्ता चलचित्रकर्मीले सफल कृतिमाथि न्याय गर्न नसक्दा बजारमा पनि कृतिको साख, गरिमा र वजनमा नै धक्का पर्ने गरेको छ । यो त भयो कृतिमाथि चलचित्र बनाउँदा सर्जकले न्याय गर्न नसक्दा देखिएको गलत परम्पराका कुराहरू । अब त झनै कृतिमाथि मात्र होइन कि कसैको सङ्घर्षको यात्रालाई चलचित्र बनाउँछु भनेर स्वीकृति लिँदै गलत चलचित्रकर्मीहरूले त्यस्ता सङ्घर्षशील व्यक्तिको जीवनमा नै असर पर्ने खालको सिनेमा बनाउन खोजेर गलत परम्पराको सुरुवात गर्न थालेका छन् । सिनेमा बनाउने व्यक्ति गलत प-यो भने आफ्नो जीवनशैली, यात्रा अनि आफ्नो सङ्घर्षको कथामा कति असर पर्छ भन्ने कुरा आफ्नो जीवनमाथि चलचित्र बनाउन दिनेले पनि बुझ्न सक्नुपर्छ । कि त आफ्नो जीवनमाथि आधारित रहेर चलचित्र बनाउँछु भनेर आउनेको विगतबारे पनि सोधपुछ गर्न सक्नुपर्छ नत्र एउटा धरोहरको इतिहास नै तहसनहस हुने खालको चलचित्र बनाइदियो भने भोलि के हुन्छ ?
प्रसङ्ग वा विषय चरिमाया तामाङको हो । उनको जीवनमाथि चलचित्र बनाउन यतिबेला एउटा समूह लागिपरेको छ । तर, त्यो समूहको नेपाली फिल्मको विगत न त राम्रो छ न त उत्कृष्ट नै छ । चरिमाया तामाङको जीवनमाथि बन्ने चलचित्रको निर्देशक राजु गिरीले गर्ने र निर्माण शुभेच्छा थापाले गर्ने कुरा बजारमा आएपछि चलचित्रकर्मीहरू यो अर्थमा अत्तालिएका छन् कि एउटा सहरी, उच्चतम र पावरफुल व्यक्तिको जीवनकथा मर्ने भयो भनेर । यदि चरिमाया तामाङले राजु र शुभेच्छालाई चलचित्र बनाउन अधिकार दिएकी हुन् भने उनले पनि यी दुईको विगतबारे अध्ययन गर्नुपर्ने आवश्यकता छ । पहिले राजु र शुभेच्छाले कस्तो फिल्म बनाए ? नेपाली सिनेमा क्षेत्रमा यिनलाई कसरी हेर्छन् वा यिनको हैसियत कस्तो छ ? यी र यस्ता यावत् कुराको अध्ययनपश्चात् मात्र चरिमाया तामाङले स्वीकृति दिँदा राम्रो हुन्थ्यो, नत्र पछि तपाईंको जीवनमा सङ्घर्षलाई नै गलत अर्थ लगाउने गरी चलचित्र बन्यो भने तपाईंको जीवनमा नै कालो धक्का नलाग्ला भन्न सकिन्न । तपाईंको जीवनमाथि चलचित्र बनाउनुपर्दा एक से एक चलचित्रकर्मीहरू तयार हुन्छन्, तर तपाईं भने कुनै हैसियत, बजार वा क्षमता नभएको चलचित्रकर्मीसमक्ष पुग्नुभएको छ । अवश्य पनि दीर्घकालीन रूपमा चरिमायामाथिको यो निर्माण घातक हुनसक्छ । हरेक चलचित्रमा असफल भएकी शुभेच्छाले तपाईंको भूमिका निर्वाह गर्ने कुराले पनि बजारमा हाँसो बढ्न थालेको छ ।
नेपाली चलचित्र क्षेत्रलाई सबैभन्दा झुर र अव्यावसायिक चलचित्र दिने निर्देशक राजु गिरी अनि निर्मात्री तथा अभिनेत्री शुभेच्छा थापाले अन्ततः चरिमायाको नाम, आड र भरोसालाई समातेर आफू लोकप्रिय हुने काम गर्न खोजेको कुरा चरिमायाजस्तो विश्वविख्यात व्यक्तिले बुझ्नुपर्ने हो । यदि उहाँले यो कुरा बुझ्न सक्नुभएन भने भोलि चलचित्र बनेपछि ‘ए खत्तम नै बनाएछ’ भनेर भन्नुबाहेक अन्य कुनै भनाइ नै बाँकी रहँदैन । त्यसैले राजु गिरी र शुभेच्छा थापा आफ्नो ठाउँमा राम्रै होलान्, तर यिनीहरूमा चरिमाया तामाङजस्तो उच्चतम युवतीको जीवनमाथि चलचित्र बनाउने हैसियत, क्षमता र उचाइ छैन भनेर भन्न धक मानिरहनुपर्दैन ।