भारतीय सिमाना जोड्ने वैकल्पिक मार्ग निर्माण हुने

भारतीय सिमाना जोड्ने वैकल्पिक मार्ग निर्माण हुने


हेमशंकर सिंह, राजविराज

सप्तरीको रुपनी गाउँपालिका ६ स्थित वीरेन्द्र बजार, तेरहौतादेखि राजविराज हुँदै फैकरा भारतीय सिमाना जोड्ने वैकल्पिक मार्ग निर्माण हुने भएको छ ।

उक्त सडकको सोमबार नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादव र प्रदेशसभा सदस्य मो. समिमले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

सडक निर्माण भएपछि सदरमुकाम राजविराजबाट १० कि.मि. टाढा रहेको राजमार्गसँगको दुरी घटेर ६ कि.मि. मा खुम्चिने छ । ३० मंसिर २०७७ सालभित्र नाला र सडक निर्माण सक्नेगरी बज्रगुरु–विकास जेभी लहानले जिम्मा लिएको उक्त सडक निर्माण कार्यको लागत रु ११ करोड ३२ लाख ५० हजार (मुल्य अभिवृद्धि करसहित) रहेको जानकारी दिइएको छ ।

पहिलो चरणमा ८५ सय मिटर लम्बाई र ६ मिटर चौडाईको सडक निर्माण कार्य गर्ने ठेक्का पाएको निर्माण कम्पनीका प्रोपराइटर मनटुुन साहले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा डिभिजन सडक कार्यालय लहानको रेखदेखमा सो सडक निर्माणको कार्य थालिएको साहले बताए ।