नुवाकोटमा यसरी जुधाइए गोरु

नुवाकोटमा यसरी जुधाइए गोरु


नुवाकोटको तारुकामा माघेसंक्रान्तिका दिन यस वर्ष पनि गोरु जुधाइएको छ । महोत्सवकै रूप लिएको यस गोरु जुधाउने पर्वमा स्थानीय किसानले पालेका गोरु जुधाउने गरिन्छ । गोरुजुधाइ (बुलफाइट) महोत्सव उदघाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा हेलिकोप्टर चढेर पुगेका छन् । यसैगरी मेलामा सांसद नारायण खतिवडाका साथै हजारौँ व्यक्ति गोरु जुधाइको मजा लिन पुगेका थिए ।


आफ्ना गोरु जुधाउन नुवाकोट र रसुवाका किसान गोरु लिएर आएका थिए । आयोजकले विजेता गोरुधनीलाई ३ हजार र उपविजेतालाई २ हजार पाँच सय र सहभागी गोरुधनीलाई एक हजार पाँच रुपैयाँ दिइने बताएको छ ।


बझांगी राजा जयपृथ्वीबहादुर सिंह माघेसंक्रान्तिका बेला हालको गोरुजात्रा हुने स्थान चन्दनीस्थित मामाघर आउँदा भान्जालाई स्वागत र मनोरञ्जन दिलाउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा सुरु गरेको बताइए पनि यकिन इतिहास भेटिएको छैन । यही परम्परा निरन्तरता दिन यो मेला आयोजना गर्ने गरिएको बताइए पनि अहिले यसले अन्य देशमा हुने बुलफाइटको रूप लिँदै मनोरञ्जनको माध्यम बनेको छ ।