नर्वे र हाम्रो रहर -शोभाकर पराजुली

नर्वे र हाम्रो रहर -शोभाकर पराजुली


मित्र श्याम श्रेष्ठद्वारा नर्वेका बारेमा लेखिएको धारणा हालै पढ्न पाइयो । उहाँले नर्वेमा एकता, विकास, समानता, प्राकृतिक स्रोतको सदुपयोग भएको र त्यो देशले लोकतान्त्रिक समाजवादी देशको उदाहरणको रूपमा काम गरेको उल्लेख गर्नुभएको रहेछ । विकासप्रेमी, शान्ति र प्राकृतिक साधन-स्रोतको उपयोग त्यहाँको विकास र समानता तथा शान्तिको कारण हो । उहाँले त्यो देशको मुक्तकण्ठले प्रशंसा गर्नुभएको रहेछ । श्याम श्रेष्ठ मात्र नभई प्रदीप नेपाल, कहिलेकाहीँ प्रचण्ड तथा बाबुराम भट्टर्राईसमेत धेरै नेताले युरोपका लोकतान्त्रिक समाजवादी देशहरूको प्रशंसा गरेको पाइन्छ । त्यतिमात्र होइन, उनीहरूले कहिलेकाहीँ नेपाललाई पनि त्यस्तै बनाउने सपना देखेको र बाँडेको सुन्नमा आउँछ ।
एउटा सत्यतथ्य के हो भने नेपालको सर्न्दर्भमा कम्युनिस्टहरूले प्रशंसा गरेजस्तो सिद्धान्त बोकेको दल नेपाली काङ्ग्रेस मात्र हो । उनीहरूको सिद्धान्त र काङ्ग्रेसको सिद्धान्त मिल्छ । अर्को सत्य यो पनि हो कि नेपालका कुनै पनि कम्युनिस्टहरूले नेपाललाई चीनजस्तो, उत्तरकोरियाजस्तो, क्युवाजस्तो बनाउने आदि भन्न्ा सकेको पाइँदैन । उनीहरू किन डराएका कम्युनिस्ट देशहरूसँग –
यो वास्तवमा जनतालाई झुक्याउने झुटको खेती हो, किनभने जनतालाई युरोपकोजस्तो समाजवादी विचारमा आधारित सरकार दिन्छौँ, समानता, विकास, शान्ति र लोकतन्त्र दिन्छौँ भन्ने तर सत्तामा पुगेपछि जनतालाई गोर्खेलौरी लगाउने । अथवा, उनीहरूलाई राम्रोे त लोकतान्त्रिक समाजवाद नै लागेको छ तर नानीदेखि लागेको बानी अर्थात् कम्युनिस्ट विचारमा लागियो, यत्तिको मान र पदलाई त्याग्ने कसरी – सत्य कुरा आउँछ तर कम्युनिस्ट पार्टीबाटै त्यहाँ पुग्ने हो भन्ने सोच हुन सक्दछ । जब कि दुवै सोच बेइमानी हुन्- एउटा सीधा बेइमानी र अर्को हो प्रकारान्तरले बेइमानी ।
विश्वमा कुनै पनि कम्युनिस्ट देशमा समानता र विकासको फ्युजन भएको छैन । शान्त्िाको कुरै भएन, त्यहाँ त शक्तिशालीको विरोध गरेमा विरोध गर्ने जतिसुकै राम्रोे र शाक्तिशाली बेइमान विदेशी दलाल भए पनि शक्तिशाली ठीक र विरोध गर्ने बेइमान ठहर्‍याउने कार्य हुन्छ । चीनका धेरै उदाहरण र रुससमेतका उदाहरण छन् । उत्तरकोरियामा त नेताको विरोध गरेमा मृत्युदण्डसमेत हुन सक्दछ । राष्ट्रद्रोहभन्दा पनि नेता र दलको विरोध गर्नु खराब मानिन्छ । त्यसैले नेपालका कुनै पनि उपल्लो तहको कम्युनिस्टलाई कम्युनिस्ट विचारबाट समानता र विकास राम्रोेसँग हुन्छ भन्न्ो विश्वास त छैन नै । कार्यकर्ता र मतदाता इमानदार छन् र सुनेको आधारमा निर्णय गर्ने र नेताहरूलाई विश्वास गर्ने हुँदा उनीहरूमा भने भ्रम हुन सक्दछ ।
कम्युनिस्ट विचारबाट लोकतान्त्रिक समाजवादको उच्च्ातम् आदर्शमा पुग्ने इमानदारीमा आधारित सोच हो भने पनि त्यो कहिल्यै पूरा हुँदैन । जुत्ता टाउकोमा कहिल्यै लगाउन मिल्दैन । गाडा चढेर चन्द्रमामा पुग्न सकिँदैन । कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो नेपालमा मात्र त्यो लक्ष्य पूरा हुँदैन । एउटा मात्र टिप्स भन्ने हो भने पनि लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । जनताको इच्छा पूर्णरूपमा कसैले पनि पूरा गर्न सकेको हुँदैन । कम्युनिस्ट पार्टी सरकारमा रहे पनि सक्दैन र काङ्ग्रेस भए पनि सक्दैन । त्यसो हुनासाथ दलभित्रका विरोधीहरू दलभित्र शक्ति कब्जाका लागि लोकतन्त्रमा केही हुँदैन, यो गलत व्यवस्था हो आदि भन्ने गर्छन् । जनतामा पनि भ्रम हुन जान्छ । चर्का नारा लगाउनेहरूल्ो जनतालाई भ्रममा पार्ने सम्भावना गरिब देशमा अझ बढी हुन्छ । अन्यथा इरानमा र अफगानिस्तानमा अहिलेको भन्दा पहिलाको अर्थात् कथित क्रान्ति हुनभन्दा पहिलाको सरकार नै समानता, शान्त्िा र विकास दिन धेरै सक्षम थियो तर जनताले भ्रममा परेर गलतलाई साथ दिन पुगे । यो सम्भावना हुन्छ नै । अर्कोतर्फ कम्युनिस्ट भनेकै राजनीतिक रूपमा सर्वसत्तावाद, एकदलीयता, सत्तामा पकड हुनेबाहेक अरूको विचारलाई अस्वीकार गर्ने सोच हो भन्ने कुरा कतिपय सिद्धान्त्ाले र कतिपय व्यवहारले देखाएको छ ।
अब नर्वे आदि मनपर्ने, त्यहाँको व्यवस्था मनपर्ने तर त्यहाँको जस्तो सिद्धान्त नेपालमा मन नपर्ने कारण के हो – यसको उत्तर श्याम श्रेष्ठ, माधव नेपाल, केपी ओली, प्रचण्ड, आदरणीय खगेन्द्र सङ्ग्रौला आदिसँग छ – उहाँहरूको लोकतन्त्र र समाजवादप्रतिको घुमाउरो आस्था, गलतलाई गलत भनेर टड्कारो रूपमा भन्ने सोच साम्यवादी विचारसँग मेल खान्छ – साम्यवादीको सत्ता नआएसम्म्ा त खान्छ र त्यो पार्टी आए पछि – गोर्की पनि जेल गएका थिए । साम्यवादी दल आएपछि त्यसका गल्तीलाई गल्ती भनेर तथा पदको लोभ नगरेको अवस्थामा तपाईंहरूको घर जेल हो कि होइन – यसको उत्तर चाहिन्छ ।
अहिले पनि समय छ । काङ्ग्रेसमा प्रवेश गरेर काङ्ग्रेसका गलतहरूलाई पन्छाएर लोकतान्त्रिक समाजवादलाई बलियो बनाउनुहोस् । काङ्ग्रेसको नेतृत्व गर्नुहोस् । बीपी पनि पहिला कम्युनिस्ट नै हुनुहुन्थ्यो । पुटिनहरू प्ानि पहिला कम्युनिस्ट नै थिए । सिद्धान्त ठीक भएपछि व्यवहारलाई ठीक बनाउन सजिलो हुन्छ । पानीट्याङ्की सफा भए धारा सफा गर्न सजिलो हुन्छ । काङ्ग्रेसले गल्ती नै गरेकोजस्तो लाग्दछ भने पनि विश्वभरको लोकतान्त्रिक समाजवादी लाइनमा काङ्ग्रेस एउटा धारो मात्र हो । फोहोर भए सफा गर्ने अधिकार तपाईंहरूको पनि छ । तर, पानीट्याङ्की नै फोहोर भएपछि र पानी नै फोहोर भएपछि गाह्रो हुन्छ । कम्युनिस्ट भनेको त्यही हो ।
साथीहरूलाई काङ्ग्रेस बचपनदेखि नै मन नपरेकोले चित्तै बुझ्दैन भने पनि विकल्प छ । अर्को कुनै समाजवादी दलको गठन गरेर अगाडि बढ्न सक्नुहुन्छ । धेरै साना दलहरू मिल्न सक्छन् । तपाईंहरूको व्यक्तित्वले गर्दा धेरै तपाईंहरूप्रति आकरि्षत हुन सक्छन् । यसले काङ्ग्रेसका इमानदारहरूलाई पनि फाइदा हुनेछ । बेइमानहरूले अर्को विचार मिल्ने असलको दल भएकोले पनि चलखेल गर्न पाउने छैनन् । तपाईंहरूले झुटो कुरा गरेको होइन भने कति मन एकातिर बानी अर्कोतिर लिएर बस्ने –
मैले भन्ने गरेको छु कि सबै समस्याको जड कम्युनिस्ट हो । कम्युनिस्टहरूको कारणले नेपालमा हिंसाको बीउ रोपियो र फल्यो पनि । कम्युनिस्टहरूको कारणले विकास तहसनहस भयो । कतिपयमा गरेर होइन लुटेर खाने प्रवृत्तिको विकास भयो । अहिले पनि नेपालमा कम्युनिस्टहरूलाई माइनस गरेर सोच्ने हो भने देशमा असी प्रतिशत अशान्ति अन्त्य हुन्छ । यो बुझ्नेहरूले देश र जनताका लागि सोच्ने हो भने मनको सिद्धान्तलाई व्यवहारमा लागू गर्ने बेला भएको छ । यसले देश र समाजलाई नयाँ गति पनि दिनेछ ।