सोनिया गान्धीकी छोरी प्रियंका गान्धीले राजनीतिमा दरिलो उपस्थिति जनाएकी छिन् । उनले आमा रोनियाले पहिले नेतृत्व गरेको र अहिले दाइ राहुलले कमाण्ड सम्हालिरहेको भारतीय कंग्रेस पार्टीबाटै राजनीति गर्न लागेकी हुन् ।
प्रियंकाले पार्टीमा आउँदो फेब्रुअरीदेखि महासचिवको जिम्मेवारी सम्हाल्ने बताइएको छ । यसका साथै उनले पूर्वी उत्तर प्रदेशको पार्टीको नेतृत्वको जिम्मेवारी पाएकी छन् ।
पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यापछि सोनिया राजनीतिमा आएकी थिइन् । उनी पार्टीको पूर्वअध्यक्ष हुन् भने अहिले पार्टीको संरक्षक छिन् । गत वर्षबाट छोरा राहुल पार्टीअध्यक्ष बनेका छन् ।
प्रतिक्रिया