कलेजो बिग्रिएर प्रत्यारोपण गर्नुपर्नाको मुख्य कारण मदिरा रहेको एक अध्ययनले देखाएको छ । क्यालिफोर्निया–सान फ्रान्सिस्को विश्वविद्यालय मार्फत् गरिएको सर्वेक्षणको हालै सार्वजनिक गरिएको प्रतिवेदनले मदिरा नै कलेजोसम्बन्धी रोगको मुख्य कारण भएको पाइएको देखाएको छ ।
कलेजो प्रत्यारोपण गरिएका ३२ हजार जनामा गरिएको सर्वेक्षणले यस्तो देखाएको सर्वेक्षणकर्ताहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।
सन् २०१२ देखि २०१६ सम्ममा २४.२ देखि ३६.७ प्रतिशतसम्म कलेजोसम्बन्धी विरामीहरु मदिराका कारण बिरामी भएको पाइएको अध्ययनले देखाएको छ ।
प्रतिक्रिया