देशभरको मौसम : कतै आंशिक बदली, कतै वर्षा र कतै हिमपात हुने

देशभरको मौसम : कतै आंशिक बदली, कतै वर्षा र कतै हिमपात हुने


देशभरको मौसममा बुधबार आंशिक बदली भई पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

बिहीबार र शुक्रबार पनि मौसम सामान्यतया बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो साताभरि नै सामान्यतया मौसम बदली भए पनि गत साताको जस्तो वर्षा नहुने विभागका मौसमविद् गंगा नगरकोटीले बताए ।