गोरखाको सुलीकोटका बासिन्दालाई खानेपानी

गोरखाको सुलीकोटका बासिन्दालाई खानेपानी


गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ राङरुङमा निर्माण सम्पन्न खानेपानी आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि फिनल्यान्डका राजदूत पोटी एन्टिनेटले मंगलबार सो आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेका हुन् । उक्त आयोजना कुल आठ लाख १५ हजार रुपैयाँमा निर्माण भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए ।

युनिसेफको सहयोगमा निर्माण भएको सो आयोजनाबाट त्यस क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । भूकम्पपछि खानेपानीको समस्या हुँदा त्यहाँ खानेपानीको आयोजना निर्माण गरिएको हो । युनिसेफ र श्री स्वारा सघन गाउँ विकास केन्द्र गोरखाको साझेदारीमा सो आयोजना निर्माण सम्पन गरिएको हो ।