खराबी आएपछि पाँच हजार कार टोयटाले चीनबाट फिर्ता लिने

खराबी आएपछि पाँच हजार कार टोयटाले चीनबाट फिर्ता लिने


जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअरब्याग’ भएका भनिएका करिब पाँच हजार कारलाई चीनबाट फिर्ता लाने भएको छ ।

टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि चार हजार ६८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका चिनियाँ बजार व्यवस्थापकले बताएका छन् ।

‘टोयटा मोटर्सको चिनियाँ लगानी समूहले लेक्सस आइएस २५०सी को निर्माणमा सन् २०१४ को जनवरी १५ देखि सहकार्य गरेको र सोही वर्ष जनवरी ६ देखि सन् २०१७ फेब्रुअरी १३ सम्म कम्पनीले बनाएका लेक्सस जीएक्स ४०० का चार हजार ६८१ गाडीलाई फिर्ता लिनेछ,’ टोयटाको चीनस्थित बजार नियमनकारी निकायद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अगाडिको यात्रुको सुरक्षाका लागि बनाइएको एअरब्यागमा नै समस्या भएपछि असुरक्षा भएको भन्ने उपभोक्ताबाट व्यापक गुनासो आएपछि कम्पनीले उक्त निर्णय लिएको हो ।

टाकता एअलब्यागमा समस्या भएका कारण उक्त गाडी प्रयोगका क्रममा विश्वभर मृत्यु र गम्भीर चोटका घटना बढेको भन्ने प्रतिक्रियापछि विश्वभरबाट ठूलो संख्यामा लेक्सस आइएस २५० सी नामक कारलाई फिर्ता गर्न लागिएको हो ।