मुख्य कमान्डरसहित सात तालिवान लडाकु मारिए

मुख्य कमान्डरसहित सात तालिवान लडाकु मारिए


अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबान लडाकुका कमान्डरसहित सातजना मारिएका छन् ।

अफगान सेनाले आइतबार जारी गरेको वक्तव्यमा अरू पाँच लडाकु घाइते भएको जनाइएको छ । वक्तव्यअनुसार सरकारी सेनाले शनिबार चलाएको सुरक्षा कारबाहीमा परी उनीहरू मारिएका हुन् ।

सेनाले तालिबान लडाकु कमान्डर क्वारी जानान पनि सोही कारबाहीका क्रममा मारिएको समाचारमा जनाइएको छ । लडाकुहरूले आफ्ना अखडामा राखेका अन्य बन्दोबस्तीका सामग्री पनि सो कारबाहीका क्रममा नष्ट गरिएको बताइएको छ ।

सेनाले सुरक्षाकर्मीतर्फको क्षतिबारे भने कुनै जानकारी दिएको छैन । घटनाबारे तालिवान लडाकुको तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन ।