कार बम विस्फोटमा नौ मारिए

कार बम विस्फोटमा नौ मारिए


सोमालियाको राजधानी सहरको एक व्यस्त बजारमा सोमबार विस्फोटक पदार्थले भरिएको कार विस्फोट हुँदा कम्तीमा नौजना मारिनुका साथै अरू धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकृत अहमद मोलिन अलीले राजधानी मोगादिसुको एक व्यस्त व्यापारिक केन्द्रनजिकै विस्फोट भएको र त्यसबाट मानिसको मृत्यु हुनुका साथै धेरै मानिस घाइते भएको जानकारी दिए । उनले नौजनाको मृत्यु भएको पुष्टि भइसकेको र अरू धेरै घाइतेको अस्पतालहरूमा उपचार भइरहेको पनि बताए ।

व्यापारिक केन्द्र (मल) को पार्किङ इलाकामा कार राखिएको र त्यही कार विस्फोट भएको प्रत्यक्षदर्शीको भनाइ छ । व्यापारी मुनिरा अब्दुकादिरले भने, ‘मैले हमरवाइनी बजारको छाना खसेर पुरिएका चारजनाको शब मैले देखेको थिएँ । अरू तीनजना पार्किङ क्षेत्रमा ढलेका थिए ।’

मोगादिसुमा इस्लामिक समूह अल–सबाबसँग आबद्ध अल–कायदाले नियमितझैँ आक्रमण गर्ने गरेका छन् । यो समूहलाई सन् २०११ मा राजधानी मोगादिसुबाट बाहिर लखेटिएको भए पनि उनीहरूले लुकिछिपी राजधानीमा आक्रमण गरिरहेको पाइएको छ ।