बीपीको यस वर्षको नाफा १० अर्ब डलर

बीपीको यस वर्षको नाफा १० अर्ब डलर


खनिज तेलको खोज, उत्खनन तथा वितरण गर्ने तथा ऊर्जा उत्पादक विशाल बेलायती कम्पनी बीपीको सन् २०१८ को खुद वार्षिक नाफा ९ अर्ब ४० करोड डलर भएको कम्पनीले जनाएको छ ।

अघिल्लो वर्ष सन् २०१७ को तुलनामा कम्पनीको नाफा झन्डै तीन गुणाले वृद्धि भएको हो ।

सन् २०१७ मा कर कटाएर कम्पनीको खुद नाफा ३ अर्ब ४० करोड रहेको थियो । बीपीको आम्दानी वृद्धि हुनुमा तेलको मूल्य बढ्नु र विदेशी विनिमय दरमा सुधार हुनु रहेको पनि कम्पनीले जनाएको छ ।