भारतको राजधानी नयाँदिल्लीमा स्वाइन फ्लुका कारण यस वर्षको शुरुदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्यांकमा जनाइएको छ ।
तथ्यांकअनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरीकन निधानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताए ।
गत वर्ष स्वाइन फ्लुका बिरामीको संख्या २०५ रहेको र दुईजनाको मृत्यु भएको थियो । यस वर्ष उक्त संख्या निकै धेरै देखिएको बताइएको छ । जनवरी २९ सम्म स्वाइन फ्लुका बिरामीको संख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको संख्यामा दोब्बर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप तथा अन्य उपचारका सामग्रीको बेलैमा स्थानीय तहमा खरिद गरी बिरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी गराइएको बताएको छ ।
प्रतिक्रिया