दोहोरो गोली हानाहानमा दश भारतीय माओवादीको मृत्यु

दोहोरो गोली हानाहानमा दश भारतीय माओवादीको मृत्यु


मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकारी सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकु मारिएका छन् ।

छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३६५ किलोमिटर ढाटा रहेको भैरामगढमा सो भिडन्त भएको हो । भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकुमुक्त क्षेत्र बनाउन जारी राखेको कारबाहीको क्रममा सो झडप भएको बताइएको छ ।

झडपको क्रममा १० शव र दशवटा राइफल फेला परेको र अझै पनि सुरक्षा कारबाही जारी रहेको सरकारी अधिकारीहरू जानकारी दिएका छन् ।