ब्रसेल्समा चिनियाँ जासुस सक्रिय रहेको भनी स्थानीय सञ्चारमाध्यमद्वारा प्रकाशित खबरहरू आधारहीन रहेको भन्दै बेल्जियमका लागि चिनियाँ राजदूतावासले खण्डन गरेको छ ।
केही सञ्चारमाध्यमले ‘ब्रसेल्समा २५० चिनियाँ जासुस सक्रिय रहेको’ भनी दिएका खबर भ्रामक तथा कपोलकल्पित भएको ब्रसेल्सस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले जनाएका हुन् ।
दूतावासले भनेको छ, ‘जासुसबारेका रिपोर्ट विल्कुल कपोलकल्पित तथा आधारहीन छन् ।’
चीन र बेल्जियमबीच निरन्तर रूपमा सम्बन्ध विकसित बन्दै गएको र सबै क्षेत्रको सहकार्य फलदायी रहेको चीनले बताएको छ । चिनियाँ दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा आगामी दिनमा बेल्जियम लगायत यस क्षेत्रका सबै मुलुकसँगको सम्बन्धलाई आपसी सद्धभाव तथा लाभका लागि थप प्रगाढ बनाएर लान चीन प्रतिबद्ध छ भनिएको छ ।
केही गैरजिम्मेवार अभिव्यक्ति जसले चीन र बेल्जियमबीचको सम्बन्धमा विवाद सिर्जना गर्न खोजिएको छ, तर यसमा कोही सफल नहुने प्रवक्ताको भनाई रहेको सिन्ह्वाले जनाएको छ ।
प्रतिक्रिया