भारतमा सरस्वती पूजाको प्रसाद खाएपछि ४० विद्यार्थी बिरामी

भारतमा सरस्वती पूजाको प्रसाद खाएपछि ४० विद्यार्थी बिरामी


भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्तपञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना विद्यार्थी बिरामी परेका छन् ।

पूजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती विद्यार्थी बिरामी परेका र उपचारपछि उनीहरूको अवस्थामा सुधार आएको बताइएको छ ।

झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचारको लागि आएका र तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताए ।

ती विद्यार्थीलाई विषाक्त खानेकुरा परेको र उनीलाई पेट दुख्ने र बान्ता हुने समस्या देखापरेको खालिदले बताए । हाल उनीहरूको उपचार भइरहेको खालिदले थप जानकारी दिए ।

यस घटानको अनुसन्धान भइरेहको जिल्ला शिक्षा अधिकारीले बताए । यस घटनाका दोषीलाई कारबाही गरिने पनि उनले जानकारी दिए ।