आजको पञ्चाङ्ग एवम् राशिफल (२९ माघ २०७५ मंगलबार, १२ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ माघ २०७५ मंगलबार, १२ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

  • श्री सूर्योत्तरायणे विरोधकृत नामक संवत्सर शिशिरऋतु श्रीशाके १९४० नेपाल सम्वत् ११३९ वि.सं. २०७५ माघ २९ गते तद्अनुसार सन् २०१९ फरवरी १२ तारिख मंगलबार माघ शुक्ल पक्ष सप्तमी तिथि ११ः४ पर अष्टमी तिथि, भरणी नक्षत्र १७ः५४ पर कृतिका नक्षत्र, शुक्ल योग ७ः५५ पर ब्रह्मा योग भद्रा करण आनन्दादिमा मुशल योग चन्द्रमा मेष राशिमा, काठमाडौमा सूर्योदय विहान ६ः४६ मा र सूर्यास्त १७ः५१ मा हुनेछ । अचलाररथ सप्तमी, लगलाचुयके, देवघाट मकरस्नानपूर्ति । भद्रा बिहान ११ः४ देखि राति २२ः५५ बजेसम्म रहनेछ, मेष राशिमा भद्रा स्वर्ग लोकमा रहन्छ, अतः अति आवश्यक काम गर्न सकिन्छ । शुभ समय– अभिजित– ११ः५६ देखि १२ः४१ अशुभ समय– राहु काल– १५ः६ देखि १६ः२९ दिशा शूल– उत्तर ।

आजको राशि फल :

मेष राशि – आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आनन्द बढ्ला । आर्थिक प्रगति हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । पारिवारिक सुख शान्ति वृद्धि हुनेछ । विजयश्री मिल्नेछ । राजकीय कार्य बन्ला । उच्चाधिकारीको सहयोग मिल्नेछ ।

बृष राशि – खेलकुद र भ्रमण कार्यमा सफलता मिल्नेछ । रस रागमा रुचि बढ्ला । यात्रामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको साथ भेटिएला । सुख आनन्द बढ्ला । सन्तान सुख बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । कुनै प्रकारको जोखिममा नपर्नु उचित हुनेछ ।

मिथुन राशि – भागदौड भैरहला । धन मान सफलता बढ्ने यात्रा हुने सम्भावना रहनेछ । सोचि–विचारी योजना बनाएर काम गरेमा अझ बढी सफलता मिल्नेछ । आर्थिक काममा लाग्नु उचित हुनेछ । देखापरेको समस्याको निदान मिल्नेछ । ठूलो रकमको लगानी, महत्वपूर्ण कागजपत्र आदिमा हस्ताक्षर हुनेछ । लगानी उठ्नेछ । धन सम्पत्ति बढ्नेछ ।

कर्कट राशि – उन्नति पदोन्नति हुनेछ । राजकीय कार्य बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । सुख ऐश्वर्य बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशन आदिसित सम्बन्धित काम पनि बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । मिठो भोजन खाने अवसर मिल्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ ।

सिंह राशि – शुभ र भाग्य वर्द्धक काम बन्ला । धर्मकर्ममा प्रवृत्त रहनुहुनेछ । विजयश्री मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सभा–समारोहमा मान पुरस्कार प्राप्ति होला । पारिवारिक सुख शान्ति बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नुको साथै गौरव वृद्धि हुने काम गर्नुहुनेछ ।

कन्या राशि – समय मिश्रित फलदायक रहनेछ । मिहीनेतको प्रतिफल मिल्नेछ । कठोर परिश्रमले सफलता प्राप्त होला । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । मनोकूलको काम बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन खान पाइनेछ । आफन्तको साथ भेट्ला । मन प्रशन्न रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । कुनै पनि प्रकारको लापर्वाही नगर्नु उचित हुनेछ ।

तुला राशि – धनसम्पदा बढ्नेछ । भागदौड भैरहला । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । अभय बढ्नेछ । हासविलासमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनुसँगै सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । जीवनसाथीको सहयोग समर्थन मिल्नेछ । आफ्नै बल विवेकले काम गर्नु शुभ हुनेछ ।

वृश्चिक राशि – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । अन्नधन वृद्धि हुनेछ । धरपरिवारको स्थिति सन्तोषजनक रहनेछ । आयस्रोत बढ्नेछ । रोकिएको काम बन्ने र लगानी उठ्ने सम्भावना पनि रहनेछ । धन यश मान महत्व बढ्ला । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

धनु राशि – रस राग प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र सन्तान आदिको सहयोग मिल्नेछ । सुख सम्पत्ति वृद्धि हुनेछ । दायित्व पूरा गर्नुहुनेछ । धनको कार्य बन्ला । यश वर्चश्व वृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ । मान पुरस्कार प्राप्त होला । वार्तामा सफलता मिल्नेछ ।

मकर राशि – यात्रा होला । समस्याको समाधान खोज्नु हुनेछ । मनोकूलको कार्यमा सफलता मिल्नेछ । धर्मकर्ममा प्रवृत्ति बढ्ला । यात्रामा सफलता प्राप्त होला । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ । ऐश्वर्य वृद्धि होला । साहसिक काममा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखा पर्ला ।

कुम्भ राशि – बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । इष्टमित्र सन्तान आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला । कला, साहित्य, गीत–संगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । विजयश्री मिल्ला । प्रेमपात्रको सहयोग मिल्नेछ ।

मीन राशि – रोकिएको काम बन्नेछ । मिठो भोजन खान पाइनेछ । सुख आनन्द बढ्ला । मान सम्मान वृद्धि होला । धनसम्पत्ति बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक काम पनि बन्नेछ । ख्याति फैलिनेछ । ऋण रोग र शत्रुबाट छुट्कारा मिल्नेछ । मान पुरस्कार भेटिएला ।