अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन


अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राति निधन भएको छ । ९३ वर्षको उमेरमा उनको काबुलमै निधन भएको हो ।

सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजीनामा दिएपछि मुजाद्धादीले अन्तरिम राष्ट्रपतिको रूपमा देशको सेवा गरेका थिए । त्यसैगरी उनी सन् २००३ मा ‘लोया जिर्गा’को अध्यक्ष पनि बनेका थिए । सन् २००१ को अन्त्यमा तालिबानको शासन सत्ता अन्त्यपछि जारी भएको संविधान पनि उनले नै अनुमोदन गरेका थिए ।

पूर्वराष्ट्रपति मुजाद्धादी अफगानिस्तानको ‘नेसनल लिबरेसन फ्रन्ट’ नामक पार्टीको संस्थापक पनि हुन् । उनको बुधबार अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।