आजको पञ्चाङ्ग एवम् राशिफल (१ फागुन २०७५ बुधबार, १३ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ फागुन २०७५ बुधबार, १३ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ विरोधकृत् नामक सम्वत्सर शिशिर ऋतु वि.सं. २०७५ फाल्गुण १ गते तद्अनुसार सन् २०१९ फरवरी १३ तारिख बुधबार माघ शुक्लपक्ष अष्टमी १०ः३८ पर नवमी तिथि कृतिका नक्षत्र १७ः५६ पर रोहिणी नक्षत्र ऐन्द्र योग बालब करण आनन्दादिमा सिद्धि योग चन्द्रमा बृष राशिमा काठमाडौंमा सूर्योदय बिहान ६ः४५ मा र सूर्यास्त साँझ १७ः५२ हुनेछ । अष्टमी व्रतम, गोरखकाली पूजा, भीष्माष्टमी, फाल्गुण संक्रान्ति, विश्व रेडियो दिवस । दुष्ट मुहूर्त– ११ः३६ देखि १२ः४१, अशुभ समय राहु काल– १२ः१८ देखि १३ः४२ दिशा शूल– उत्तर ।

आजको राशिफल :

मेष राशि – कार्य क्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । असल भावनाले युक्त कार्य शुभ र सफलतादायक रहनेछ । इष्टमित्र र सन्तान–सुख बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । धनसम्पत्ति बढ्नेछ । सुख शान्ति बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । प्रसिद्धि र ख्याति फैलिनेछ । हासविलासमा आकर्षण बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ ।

बृष राशि – सुख शान्ति बढ्नेछ । यात्रा होला । धन समृद्धि बढ्नेछ । आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । आफन्तबाट सहयोग पाउनुहुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

मिथुन राशि – लगानी बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । पढाइ लेखाइमा रुचि बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सम्बन्धमा सुधार आउला । प्रेममा सफलता पाउनुहुनेछ । सुख आनन्द बढ्ला । इष्टमित्र प्रेमपात्र सन्तान आदिको साथ पाउनुहुनेछ । गीत–संगीत कला साहित्य आदि क्षेत्रसित सम्बन्धित काममा सफलता पाउनुहुनेछ । यात्रामा सफलता मिल्नेछ । विलासिताप्रति रुचि बढ्नेछ । आशा उत्साह पनि बढ्ला ।

कर्कट राशि – आयस्रोत बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । गौरव बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी लगाइएको धन उठ्ला । धन सम्पत्ति बढ्नेछ ।

सिंह राशि – सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । सरकारी क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ ।

कन्या राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । भागदौड लागिरहला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । मान महत्व बढ्ला । आर्थिक काममा सफलता भेटिनेछ ख्याति फैलिनेछ ।

तुला राशि – समय जोखिमपूर्ण कार्यमा रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । मिठो भोजन मिल्नेछ । गोप्य काम बन्नेछ । लट्री पर्न सक्छ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – कार्यमा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । राजकाजमा सफल हुनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु राशि – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।

मकर राशि – उन्नति पदोन्नतिमा बिघ्न आउने डर रहला । कुनै पनि काममा जोखिममा नपर्नु उचित हुनेछ । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ । विजयश्री प्राप्त होला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेटिएला । इष्टमित्र सन्तानको सहगयोग मिल्नेछ ।

कुम्भ राशि – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । भोगविलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत हुनुपर्ने छ ।

मीन राशि – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ ।