सन् २०१९ मा चीन र रुसबीचको सम्बन्ध थप घनिष्ट : चीन

सन् २०१९ मा चीन र रुसबीचको सम्बन्ध थप घनिष्ट : चीन


चीनले रुससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पुऱ्याउन चाहेको रुसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन् ।

मंगलबार आफ्नो हस्ताक्षरमा पिपल्स डेलीमा एक लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रुसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष मनाउँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्नेछ । विभिन्न शृंखलाबद्ध उत्सवका कार्यक्रमको आयोजना गरी सम्बन्धलाई थप विस्तार गरिने उनले बताए ।

दुई मुलुकका उच्च नेताहरूबीच भएका महत्वपूर्ण सहमतिलाई मनन गर्दै बेइजिङ र मस्कोले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ तथा युरोसियन इकोनोमिक युनियनबीच सहकार्य गर्ने र दुई देश र यहाँका जनताबीच परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउनेतर्फ चीन प्रतिबद्ध रहेको उल्लेख लीले गरेका छन् ।

दुई मुलुकले हातमा हात मिलाएर सम्बन्धलाई पुनर्जीवन दिनुपर्ने र अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ नमुना विकास गर्नुपर्ने उनको जोड रहेको थियो ।

सन् २०१८ लाई दुईपक्षीय सम्बन्ध विकासको वर्षका रूपमा मनाएको र सहकार्यबाट दुई देशको व्यापारमा सन् २०१७ को तुलनामा २७ प्रतिशतको वृद्धि आएको राजदूत लीले बताए । सन् २०१८ मा चीन र अमेरिकाबीच एक खर्ब सात अर्ब अमेरिकी डलरबराबरको व्यापारिक कारोबार भएको थियो ।