आजको पञ्चाङ्ग एवम् राशिफल (२ फागुन २०७५ विहिबार, १४ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ फागुन २०७५ विहिबार, १४ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योतरायणे श्रीशाके १९४० शिशिर ऋतु नेपाल सं. ११३९ वि.सं. २०७५ फाल्गुण २ गते विहीबार तद्अनुसार सन् २०१९ फरवरी १४ तारिख माघ शुक्लपक्ष नवमी ९ः४३ पर दशमी तिथि रोहिणी नक्षत्र १७ः३१ पर मृगशिरा नक्षत्र वैधृति योग तैतिल करण आनन्दादिमा उत्पात योग चन्द्रमा वृष राशिमा, काठमाडौमा सूर्योदय विहान ६ः४४ मा र सूर्यास्त साँझ १७ः५३मा हुनेछ । शुभ समय अभिजित–११ः५६ देखि १२ः४१ । अशुभ समय राहु काल– १३ः४२ देखि १५ः६, दिशा शूल– दक्षिण । द्रोणनवमी, वैतडी गुजर बनारसी पूजा, अन्तर्राष्ट्रिय प्रणय दिवस ९खबबिलतष्लभुक मबथ० ।

आजको राशिफल :

मेष राशि – दिन आर्थिक, बौद्धिक, रचनात्मक तथा शारीरिक उन्नतिदायक कार्यमा सफलता दिने खालको रहनेछ । मान पुरस्कारप्राप्तिको अवसर पाउन सकिनेछ । सुख शान्तिमा पनि वृद्धि होल । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार प्राप्त होला ।

बृष राशि – दिन शुभ र भाग्यवर्द्धक रहला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनु हुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोज–भतेरमा भाग लिनु हुनेछ ।

मिथुन राशि – अन्न धन बढ्नुको साथै दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट राशि – आयस्रोत बढ्ला । आर्थिक सफलता प्राप्त होला । प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । कर्मयोगी रहनुहुनेछ । यश वर्चश्व वृद्धि होला । सुख समृद्धि बढ्ला । उन्नति पदोन्नति हुनेछ । बढी मिहीनेतले कार्य बन्नेछ । इष्टमित्र सन्तान आदिसित सम्बन्धित अनुकूलता वृद्धि होला । भागदौड लागिरहनेछ । सुख आनन्द वृद्धि हुनेछ ।

सिंह राशि – मनोकूलको काममा विजय प्राप्त होला । धन यश मान पद प्रतिष्ठा बढ्नेछ । सुख शान्ति पनि मिल्नेछ । देखिएको समस्या समाधान हुनेछ । भाग्योदय हुनेछ । कर्ममा आकर्षण बढ्ला । यात्रामा सफलता मिल्नेछ । सरकारी कार्यमा सफलता प्राप्त होला । ख्याति फैलिनेछ ।

कन्या राशि – भागदौड लागिरहला । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखा पर्नेछ । आशा उत्साह बढ्ला ।

तुला राशि – ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ऐनकानूनलाई ध्यानमा राखी जोखिम आदिप्रति सचेत भएर काम गर्नु हितकर रहनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक राशी – समय अनुकूल फलदायक रहला । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु राशि – धनको आवागमन भैरहनेछ । भागदौड पनि बढ्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । साहसिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । प्रेममा सफलता र सन्तान सुखको लागि राम्रो रहला ।

मकर राशि– रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ राशि – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । आरोग्यता वृद्धि होला । यात्रा परक काममा सफलता प्राप्त हुनेछ । व्यस्त रहनुहुनेछ ।

मीन राशि – धर्म कर्ममा भाग लिनुहुनेछ । धन यश मान पद प्रतिष्ठा बढ्ला । मनोकूलको काम बन्नेछ । गौरव बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । आँट पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ ।