तनावका कारण नशालु पदार्थ प्रयोगकर्ता किशोरकिशोरीको संख्या उच्च

तनावका कारण नशालु पदार्थ प्रयोगकर्ता किशोरकिशोरीको संख्या उच्च


बेलायतका ६० हजारभन्दा बढी किशोरकिशोरीले मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । बुधबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा तनाव र आत्महत्याको खतरा बढ्दै गएपछि उनीहरूले नशालु पदार्थहरू सेवन गर्ने गरेको पाइएको उल्लेख छ ।

अक्सफोर्ड विश्वविद्यालय र म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताले सात प्रतिशतको दरले किशोरकिशोरीमा मानसिक तनाव र आमहत्याको खतरा बढेको तथ्यांक देखाएका छन् । अध्ययनअनुसार मानसिक तनावमा पर्ने किशोरकिशोरीको संख्या अमेरिकामा झन्डै ४ लाख रहेको छ भने बेलायतमा ६० हजार र क्यानडामा २५ हजार रहेको छ ।

यस अध्ययन प्रतिवेदन तयार पर्दा अनुसन्धानकर्ताले झन्डै १५ वर्षदेखिको ११ वटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनहरूको समेत विश्लेषण गरेको जनाएका छन् । उनीहरूले अध्ययनका क्रममा २३ हजार ३१७ जनालाई सहभागी गराएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।