आईएससँग आबद्ध ५२ सिरियाली पक्राउ

आईएससँग आबद्ध ५२ सिरियाली पक्राउ


टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आईएस) लडाकु समूहसँग आबद्ध भएको आशंकामा ५२ सिरियालीलाई पक्राउ गरेको टर्कीका प्रहरीले बिहीबार जानकारी दिएको छ ।

बुर्सा सहरको पाँचवटा इलाकामा आतंकवादविरुद्ध जारी गरेको सुरक्षा कारबाहीमा ती संदिग्ध आईएस लडाकु पक्राउ परेका थिए । कारबाहीको क्रममा प्रहरीले संगठनात्मक कागजपत्र र डिजिटल सरसमान पनि कब्जा लिएको बताइएको छ ।

टर्कीका आईएस लडाकु समूहले केही वर्षयता जारी राखेको द्वन्द्वको क्रममा ३ सयभन्दा बढी टर्किजको मृत्यु भइसकेको छ ।