भारतप्रशासित काश्मिरस्थित श्रीनगर-जम्मू राजमार्गमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी आज (विहीबार) गरिएको आक्रमणमा परी करिव तीन दर्जन भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।
काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी ३४ सुरक्षाकर्मीको मृत्यु भएको र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय समाचार संस्था पीटीआईले चाहिँ उक्त आक्रमणबाट १८ जना सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ ।
आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भए पनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको बताइन्छ ।
स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय जैस–ए– मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै ‘भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमाण्डो भनिने आदिल अहमदले गराएको उनी जैस–ए–मोहम्मद इस्लामिक समूहका लडाकू रहेको’ स्थानीय सञ्चारमाध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई बर्षमा भएको सबैभन्दा ठुलो आक्रमण हो । भारतको काश्मिरमा करिब पाँच लाख सैनिक कार्यरत छन् भने उक्त स्थानमा सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण भएको विवादका कारण प्राय अशान्त रहँदै आएको छ ।
pic: reuters
प्रतिक्रिया