आजको पञ्चाङ्ग एवम् राशिफल (७ फागुन २०७५ मंगलबार, १९ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ फागुन २०७५ मंगलबार, १९ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ फाल्गुण ७ गते मंगलबार तद्अनुसार सन् २०१९ फरवरी १९ तारिख माघ शुक्लपक्ष पूर्णिमा तिथि अश्लेषा नक्षत्र ११ः००पर मघा नक्षत्र शोभन योग १२ः०१ पर अतिगण्ड योग भद्रा करण ११ः०१ पर बालब आनन्दादिमा आनन्द योग चन्द्रमा कर्कट राशिमा बिहान ११ः०० बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४० मा र सूर्यास्त साँझ १७ः५६ मा हुनेछ । भद्रा विहान ११ः०१ बजेसम्म रहला । पूर्णिमाव्रत, माघस्नानरयात्रा, स्वस्थानी व्रतपूर्ति, सिपुन्ही, झापामा कीचकबध मेला, राष्ट्रिय प्रजातन्त्र दिवस । शुभ योग अभिजित ११ः५५ देखि १२ः४१, अशुभ योग राहुकाल १५ः८ देखि १६ः३३, दिशा शूल–उत्तर ।

आजको राशिफल :

मेष राशि – दौडधुप तथा व्यस्तता रहला । खर्च भ्रमण बढ्ला । ठग विश्वासघाती आदिदेखि सचेत रहनुपर्नेछ । विवादमा नपर्नु उचित हुनेछ । ठूलो रकमको लगानी र महत्वपूर्ण कागजपत्रमा हस्ताक्षर गर्दा विशेष सचेत रहनुपर्नेछ । विवाद आदिमा नपरी संयम र विवेकले काम गर्नु बेस हुनेछ । तथापि देखापरेको समस्याको समाधान खोज्नुहुनेछ ।

बृष राशि – विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । यात्रामा सफलता मिल्नेछ । साथीभाइको सहयोग मिल्नेछ । लेखन प्रकासणसित सम्बन्धित काम बन्नेछ । सुख समृद्धि बढ्ला । मान महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन राशि – आर्थिक पक्ष बलियो बन्नेछ । मान पुरस्कार मिल्ला । सुख शान्ति बढ्नेछ । पारिवारिक सुख बढ्ला । वार्तामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

कर्कट राशि – सुख समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । अन्नधन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । आरोग्यता बढ्ला । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ ।

सिंह राशि – खर्च बढ्ला । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । हासविलासमा पनि आकर्षण बढ्ला । समान हराउने र भुलचूक हुनसक्ने कुरामा सचेत रहनुपर्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित होला । उतरार्द्धमा शुभ र भाग्यवर्द्धक कार्यमा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ ।

कन्या राशि – अन्नधन बढ्ला । सुख शान्ति बढ्नेछ । आय वृद्धि हुनेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । कार्य क्षेत्रमा सफलता प्राप्त हुनेछ । पारिवारिक जीवन र कार्यव्यपारको क्षेत्रमा अनुकूलता बढ्ला ।

तुला राशि – दिन शुभ र सफलतादायक रहला । यश वर्चश्व बढ्नेछ । धन पद प्रतिष्ठा बढ्नेछ । सरकारी क्षेत्रसित सम्बन्धित काम बन्नेछ । हाकिमको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – यात्रा हुनेछ । भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । सुख आनन्द बढ्ला । ख्याति फैलिनेछ । उतरार्द्धतिर चन्द्रमा आठौँ स्थानमा भ्रमणशील हुने हुँदा कुनै प्रकारको जोखिममा नपर्दा उचित होला ।

धनु राशि – शारीरिक र आर्थिक जोखिमको काममा सचेत रहनुपर्नेछ । कानूनलाई उपेक्षा नगर्दा उचित रहला । स्वास्थ्य र चोटपटक लाग्नहक्ने कुराप्रति सचेत रहनुपर्नेछ । अरुको भरमा नबसी आफ्नै बल विवेकले काम गर्नु उचित हुनेछ । उतरार्द्धमा शुभता बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मकर राशि – सुख आनन्द बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । जीवनसाथीको साथ पाइनेछ । आर्थिक प्रगति होला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति बढ्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।

कुम्भ राशि – आरोग्यता बढ्ला । आर्थिक सफलता मिल्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्ला । विजयश्री मिल्नेछ ।

मीन राशि – प्रेममा सफलता मिल्नेछ । सुख सन्तति बढ्ला । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । गीतसंगीतमा आकर्षण बढ्ला । आमोदप्रमोदमा रमीरहनुहुनेछ । सुख शान्ति र आनन्द बढ्ला ।