आजको पञ्चाङ्ग एवम् राशिफल (११ फागुन २०७५ शनिबार, २३ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ फागुन २०७५ शनिबार, २३ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ फाल्गुण ११ गते शनिबार तद्अनुसार सन् २०१९ फेब्रुअरी २३ तारिख फाल्गुन कृष्णपक्ष चतुर्थी तिथि १३ः२४ पर पञ्चमी तिथि चित्रा नक्षत्र गण्ड योग कौलव करण आनन्दादिमा काण योग चन्द्रमा दिउँसो १६ः३५ बजेसम्म कन्या राशिमा पछि तुला राशिमा भ्रमणशील होला । काठमाडौंमा सूर्योदय विहान ६ः३७ मा भयो र सूर्यास्त साँझ १७ः५९ मा हुनेछ । शुभ समय अभिजित– ११ः५५ देखि १२ः४०, राहु काल– ९ः२६ देखि १०ः५२, दिशा शूल– पूर्व ।

आजको राशिफल :

मेष राशि – चन्द्रमा दिउँसो १६र३५बजेसम्म छैठों स्थानमा पछि सातौं घरमा भ्रमणशीर रहनेछ । फलस्वरुप बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । धनसित सम्बन्धित काम बढ्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । धरको सुखशान्ति बढ्नेछ । मान पुरस्कार पाइनेछ । व्यवसायिक क्षेत्रमा नयाँ सफलता प्राप्त होला । आय वृद्धि हुनेछ । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्नेछ । रसरागप्रति आकर्षण बढ्नेछ ।

बृष राशि – आयस्रोत बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्ला । दूरदेशबाट शुभ समाचार प्राप्त होला । सुख समृद्धि आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय मिल्नेछ । सौर्य बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्ला । शुभता बढ्ला ।

मिथुन राशि – आज दिउँसो १६ः३५ बजेसम्म चन्द्रमा चतुर्थ स्थानमा पछि पाँचौँ स्थानमा भ्रमणशील हुनेछ । रसरङमा आकर्षण बढ्नेछ । कुनै बस्तुको सुख प्राप्त हुनेछ । समयको सदुपयोग गर्नु उचित रहला । विवाद र अरुको भरमा बस्नेदेखि सतर्क रहनु उचित हुनेछ । यस अवधिभित्र शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ ।

कर्कट राशि – धन सम्पति बढ्ला । आय स्रोत बढ्नेछ । रोकिएको धन उठ्नेछ । सुख शान्ति बढ्नेछ । कार्यमा सफलता मिल्नुको साथै पारिवारिक स्थिति । पनि अनुकूल रहनेछ । चन्द्रमा दिउँसो १६ः३५ बजेपछिबाट चौंथो घरमा भ्रमणशील होला, अतः यसपश्चातको समयमा कुनै प्रकारको रिस्की कार्यमा लाग्नु उचित हुनेछैन । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

सिंह राशि – यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा–उत्साहमा बढोत्तरी हुनेछ । नयाँ सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग समर्थन प्राप्त हुनेछ । यशवर्चश्व बढ्ला । आरोग्यता बढ्नेछ । रोकिएको काम बन्नेछ । धनसम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । आनन्दित रहनु हुनेछ ।

कन्या राशि – आरोग्यता बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेम पात्रको मयाममता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछ । मिठो भोजन मिल्नेछ ।

तुला राशि – दिउँसो १६ः३५ बजेसम्म चन्द्रमा बाह्रौँ स्थानमा भ्रमणशील रहनेछ फलस्वरुप खर्च र लगानी बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । यश पश्चातको समयमा राशिमा भ्रमणशील हुनेछ अनि शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा सफलता मिल्नेछ । प्रेमपथमा सफल हुनुसँगै पारिवारिक सुख शान्ति पनि बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । सुख शान्तिमा वृद्धि होला ।

वृश्चिक राशि – धन सम्पत्ति बढ्नेछ । सुख शान्ति बढ्ला । आरोग्यता बढ्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नु हुनेछ । खर्चप्रति नियन्त्रण राख्दै योजना र बजेट बनाएर काम गर्नु उचित हुनेछ ।

धनु राशि – आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदबी भेटिनेछ । भोजभतेरमा भाग लिनु हुनेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर राशि – यात्रामा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । राजकीय काम बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । मान–महत्व बढ्ला ।

कुम्भ राशि – चन्द्रमा राशिदेखि दिउँसो १६ः३५ बजेसम्म आठौँ स्थानमा रहला, अतः खर्च बढ्नेछ । विवाद हुने सम्भावना रहला । ठगिने, धोखा हुने डर रहला । स्वास्थ्यप्रति ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई नतोड्नु बेस रहनेछ । यसपछि चन्द्रमा भाग्यघरमा भ्रमणशील होला, फलस्वरुप शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख आनन्द आरोग्यता धन मान महत्व बढ्नेछ ।

मीन राशि – यात्रापरक काममा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । आरोग्यता वढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । यात्रासित सम्बन्धित काम बन्नेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ । आर्थिक काम बन्नेछ । तथापि कुनै प्रकारको लापर्वाही गर्नु नियम–कानूनलाई उपेक्षा गर्नु उचित हुनेछैन ।