रुकुममा प्रार्थनामै एकैपटक ६० विद्यार्थी बिरामी

रुकुममा प्रार्थनामै एकैपटक ६० विद्यार्थी बिरामी


रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी ठूलो संख्यामा एकैपटक बिरामी भएका छन् । पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ६० जना विद्यार्थी एकैपटक बिरामी भएका हुन् ।

आइतबार बिहान विद्यालयमा प्रार्थना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताए । बिहीबारबाटै एक–दुईजनामा यस्तो समस्या देखिएकोमा आज ठूलो संख्यामा विद्यार्थी बिरामी भएको उनले बताए ।

दुर्गम ठाउँमा रहेको त्यस विद्यालयनजिक कुनै पनि स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या आएको छ । दुई सय ७९ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अहिले एकैपटक ३७ जना बिरामी भएका छन् । अहिले बिरामी विद्यार्थीको उपचारको लागि हुकामबाट स्वास्थ्यकर्मीको टोली मयाङतिर गएको सेनले बताए ।