फाष्टट्रयाकको विचाराधीन मुद्दा जिताइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

फाष्टट्रयाकको विचाराधीन मुद्दा जिताइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ


काठमाडौं-निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु. एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौंको बुद्धनगरबाट सोमबार (१२ कात्तिक) पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाडौं-निजगढ द्रुत मार्गको टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णयउपर सम्मानित उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिइ रु. एक करोड २८ लाख लिएर फरार भएका थिए ।

आचार्यले भनेका छन्, ‘कार्यालयमा जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतबाट यही ६ गते पक्राउ अनुमति जारी भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरी टोलीले आज (सोमबार) दिउँसो १ बजे पक्राउ गरेको हो ।’