ट्रम्पसँगको दोस्रो चरणको वार्ताका किम जोङ उन भियतनाम प्रस्थान

ट्रम्पसँगको दोस्रो चरणको वार्ताका किम जोङ उन भियतनाम प्रस्थान


उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोई प्रस्थान गरेका छन् । उनी रेल चढेर भियतनाम गएको अधिकारीहरूले आइतबार जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतीक्षित शिखर बैठकमा सहभागी हुनका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

ट्रम्प र किमबीच यही फेब्रुअरी २७ र २८ का दिन भियतनामको राजधानी हनोईमा दोस्रो शिखर बैठक गर्ने तय भएको छ । उनीहरूबीचको पहिलो शिखर बैठक गत वर्षको जुनमा सिंगापुरमा भएको थियो । भियतनामका राष्ट्रपति गुयन फु ट्रोङको निमन्त्रणमा उत्तर कोरियाली नेता किम शिखर बैठकभन्दा अगाडि भियतनामको औपचारिक भ्रमण गर्ने गरी हनोई गएका हुन् ।

किम नेतृत्वको भ्रमण टोलीमा सरकारी तथा पार्टीका उच्चपदस्थ अधिकारीहरू सहभागी रहेको जनाइएको छ । किम झन्डै ३ दिन लगाएर चार हजार किलोमिटर यात्रा गरी भियतनामको राजधानी हनोई पुग्नेछन् ।