खानी दुर्घटनामा चीनमा २१ को मृत्यु

खानी दुर्घटनामा चीनमा २१ को मृत्यु


चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार शनिबार मजदुर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरू २९ जना घाइते भएका छन् ।

जस्ता र चाँदीको खानीमा स्थानीय समयअनुसार बिहान ८ः२० मा दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

चीनका कोइलासमेतका अरू खानीहरू मानवका लागि विश्वमै निकै जोखिमपूर्ण मानिन्छ । चीनमा वर्षेनी सयौँको खानी दुर्घटनामा परेर मृत्यु हुने गरेको छ ।