ट्वीटरका सहसंस्थापकको राजीनामा

ट्वीटरका सहसंस्थापकको राजीनामा


सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्वकार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएका छन् । आफ्नो ध्यान अरु नै काममा लागेकोले राजीनामा दिएको प्रष्टोक्ति उनले दिएका छन् ।

हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहेका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

विलियम्सले सन् २०११ मा ट्वीटर छाडेपनि अद्यापि कार्यसमितिका सदस्य थिए । सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिए ।

कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिएका छन् ।

इभानको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।