सहकर्मीकै आक्रमणमा आठ सैनिक मारिए

सहकर्मीकै आक्रमणमा आठ सैनिक मारिए


अफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा आठजना अफगानी सैनिकको मृत्यु भएको छ ।

अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो । आक्रमणमा अन्य चारजना सैनिक घाइते भएको स्थानीय अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

धेरै वर्षदेखि जारी गृहयुद्धका कारण अफगान सेनाभित्र बेलाबखत आफ्नै सहकर्मीको हत्या हुने गरेको छ ।