भारतीय लडाकु विमान दुर्घटनामा, पाकिस्तानी फाइटर प्लेन खसालेको भारतीय दाबी

भारतीय लडाकु विमान दुर्घटनामा, पाकिस्तानी फाइटर प्लेन खसालेको भारतीय दाबी


भारतीय वायुसेनाको एक लडाकु विमान मिग २१ आइतबार दुर्घटना भएको छ । दुर्घटनामा विमानका पाइलटको मृत्यु भएको छ भने अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । दुर्घटना कास्मिरको कलान गाउँमा भएको भारतीय सञ्चारमाध्यमले उल्ल्ेख गरेका छन् ।

उक्त लडाकु विमान श्रीनगर विमानस्थलबाट उडेको थियो । विमान उड्नेबित्तिकै ठूलो आवाजसहित जमिनमा खसेको थियो । दुर्घटनामा परेको विमान पूर्ण रूपमा ध्वस्त भएको छ भने अहिले श्रीनगर विमानस्थलबाट उडान र अवतरणका कार्य बन्द गरिएको छ ।

उता पाकिस्तानी सीमामा भारतले पाकिस्तानी फाइटर प्लेन एफ १६ खसाएको छ ।