ट्रम्प–किम हनोई वार्ता निष्कर्षविहीन

ट्रम्प–किम हनोई वार्ता निष्कर्षविहीन


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौताबेगर सम्पन्न भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस्वीकार गरेको बताए । निकै महत्वका साथ हेरिएको हनोई वार्तामा कुनै ठोस प्रगति हुन सकेन भने आणविक निःशस्त्रीकरणसम्बन्धी सम्झौता पनि भएन ।

उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरू फुकुवा गर्न नेता किमले राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको पनि राष्ट्रपति ट्रम्पले बताए ।

तेस्रो शिखर वार्ताको सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘अहिल्यै त्यो सम्भव छैन, पछि के हुन्छ भन्न सकिन्न ।’