बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान आठ बजे मात्र टुँडिखेलमा राखिने भएको छ ।
बिहीबार टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम शुक्रबारका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
शिक्षण अस्पतालमा ‘एन्टिमर्टम’ भइरहेको अस्पताल सूत्रले जनाएको छ । त्यसका लागि समय लाग्ने भएपछि श्रद्धाञ्जलीका लागि आज टुँडिखेलमा गर्ने भनिएको कार्यक्रम शुक्रबारका लागि सारिएको हो ।
‘एन्टिमर्टम’ प्रक्रिया पोस्टमार्टमभन्दा विस्तृत र जटिल भएकोले समय लाग्ने हुँदा आज गर्ने भनिएको कार्यक्रम भोलिका लागि सारिएको हो ।
प्रतिक्रिया