पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौ भारतीय जम्मा भएका छन् ।
इस्लामावादले ‘शान्तिको सन्देश’ स्वरूप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन वर्दमान वागा सीमानाका हुँदै शुक्रबार अपराह्न भारत फिर्ता हुँदै छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने संसदमा घोषणा गरेका थिए ।
पाइलट अभिनन्दनले उडाएको भारतीय वायुसेनाको एक लडाकु विमान पाकिस्ताननियन्त्रित कास्मिरमा दुर्घटनाग्रस्त भएको थियो । तर, प्यारासुटको मद्दतबाट अभिनन्दन सुरक्षित रूपमा पाकिस्तानी भूमिमा ओर्लिएका थिए । उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो ।
अभिनन्दनको स्वागतका लागि वागामा भेला भएका भारतीयले बिहानैदेखि राष्ट्रभक्तिका गीतसहित नाचगान गर्नुका साथै भारतको झन्डा फहराइरहेका छन् । अभिनन्दनको स्वागतका लागि उनका बाबुआमा पनि वागामा पुग्दै छन् ।
प्रतिक्रिया