नारी र पुरुषबीच ज्यादै निकटको सम्बन्ध हुन्छ, त्यो सम्बन्ध चाहे पति–पत्नीबीचको होस्, चाहे भाइ–बहिनी, बाबु–छोरी या आमा–छोराबीचको होस् । तर, यसको विपरीत मानसिक क्षमता, शारीरिक संरचना र स्वभावमा भने नारी–पुरुषबीच ठूलो भिन्नता छ । लन्डन, सिकागो र पेरिस विश्वविद्यालयका मनोवैज्ञानिक तथा शारीरिक संरचना विभागले संयुक्त रूपमा एक शोध कार्य गरेको छ । जसबाट नारी–पुरुषबीच रहेको मौलिक भिन्नतालाई निर्दिष्ट गरिएको छ । उक्त शोधबाट निस्केका निचोडहरूमध्ये सात बुँदाहरू यहाँ प्रस्तुत गरिएको छ ।
१. नारी पुरुषको तुलनामा बढी खुसी रहन्छन्, कसैसँग कुराकानी गर्दा पुरुषको अनुहारमा ६७ प्रतिशत मात्र मुस्कान देखिन्छ भने नारीको अनुहारमा यसको मात्रा ८९ प्रतिशत हुन्छ ।
२. पुरुषको तुलनामा कानुनको पालना पनि नारी जातिले नै बढी गर्छन् । उनीहरूमा आपराधिक प्रवृत्ति पनि कम पाइन्छ । नारीको तुलनामा पुरुषले हत्या ६ गुणा बढी, डकैती र चोरी सात गुणा बढी गर्छन् ।
३. पुरुषभन्दा महिला बढी मोटी हुन्छन् । ५० वर्षमा सरदर एक स्त्रीको मोटोपन पुरुषको भन्दा २० प्रतिशत बढी हुन्छ ।
४. स्त्रीहरू सवारी हाँक्ने काममा पनि पुरुषहरूभन्दा धेरै कुशल, चनाखो र निपुण हुन्छन् । पुरुषले हाँकेका सवारीहरू नारीले हाँकेको भन्दा ४० प्रतिशत बढी दुर्घटनाग्रस्त हुन्छन् ।
५. शहनशीलतामा त नारीहरूको नाम त्यसै माथि आउँछ । पीडा सहन सन्दर्भमा उनी बढी क्षमतामान् हुन्छन् । लन्डनका पाल टर्नर नामक डाक्टरले यसलाई प्रयोग गरेर नै पत्ता लगाए । उनले स्त्री–पुरुष दुवैलाई बिजुलीको एकैनासको झट्का एकै समयमा दिए । त्यो झट्का सहन नसकी पुरुष बीचैमा कहालिएर चिच्यायो, तर स्त्रीले चाहिँ हाँसी–हाँसी त्यसलाई झेलिदिई ।
६. स्त्रीको कलेजो पुरुषको भन्दा सानो हुन्छ । अतः पुरुषलाई भन्दा स्त्रीलाई चाँडै नशा लाग्छ । त्यसैले लोग्नेमान्छे नशाले चूर हुँदा पनि सन्तुलित रहन्छन् भने स्वास्नीमान्छेहरू तुरुन्तै धरखरिन्छन् ।
७. नारीको क्रन्दन–शक्ति पनि पुरुषको भन्दा थोर हुन्छ ।
प्रतिक्रिया